काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एमबीए पूरा गर्दै दीक्षित भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले एमबीए पूरा गरेको बताएका छन्। पारसले फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेका हुन्।
उनले क्रिकेटमा व्यस्त रहेका कारण कुनै पनि प्रकारको कन्भोकेसनमा सहभागिता जनाउन नपाएको भन्दै यो अवसरले आफ्नो जिवनमा ठूलो महत्व राख्ने बताए।
उनले आगामी दिनमा यो उपलब्धिले थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरे। लामो समय नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेका पारस सन्न्यासपछि फुर्सदमा रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस