Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आइपिएलमा आज चेन्नई र राजस्थान खेल्दै, यस्तो छ सम्भावित प्लेइङ–११

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २९,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

खेलकुद । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको भिडन्त साँझ ७ः४५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।

लिगमा चेन्नई–राजस्थान तेस्रो जितको खोजीमा छन् । गत संस्करण उपविजेता राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले हारेको राजस्थानले तेस्रो म्याचमा भने दिल्ली क्यापिटल्सविरुद्ध ५७ रनको फराकिलो जित निकाल्यो । ऊ चेन्नईविरुद्ध पनि आफ्नो लय कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छ ।

चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो र तेस्रो खेलमा भने उसले उत्कृष्ट कमब्याक गर्‍यो । चेन्नईले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रन तथा तेस्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले हरायो । ऊ आज राजस्थानलाई हराउँदै जितको ह्याट्रिक पूरा गर्न चाहन्छ ।

हालसम्म चारपटक आइपिएल ट्रफी उचालेको चेन्नईको कप्तानी यसपालि पनि महेन्द्र सिंह धोनीले गरिरहेका छन् । राजस्थानको नेतृत्व सञ्जु सामसनको हातमा छ । अहिलेसम्म चेन्नई र राजस्थानले २७ खेलमा एकअर्काको सामना गरेका छन् । जसमध्ये १५ मा चेन्नई र १२ खेलमा राजस्थानले जित पारेका छन् ।

पछिल्लो ५ खेलमा भने चेन्नईविरुद्ध राजस्थान अगाडि छ । ५ मध्ये राजस्थान एक खेलमा मात्र पराजित भएको छ । उसले २०२१ यता चेन्नईसँग हारेको छैन ।

चेन्नईको सम्भावित प्लेइङ–११ : डेभन कन्वे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायडु, शिवम दुबे, महेन्द्र सिंह धोनी (कप्तान/विकेटकिपर), रवीन्द्र जडेजा, ड्वेन प्रिटोरियस, मिचेल सान्टनर र तुषार देशपाण्डे ।

इम्प्याक्ट प्लेयर : सिमरजीत सिंह, प्रशान्त सोलंकी, राजवर्धन हंगेरगेकर र आकाश सिंह ।

राजस्थानको सम्भावित प्लेइङ–११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान/विकेटकिपर), ध्रुव जुरेल, रियान पराग, शिमरोन हेटमायर, रवीचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, केएम आसिफ र ट्रेन्ट बोल्ट ।

इम्प्याक्ट प्लेयर : देवदत्त पाडिक्कल, कुलदीप सेन, केसी करिप्पा, नवदीप सेनी र सन्दीप शर्मा ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद