भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्स र गत संस्करण विजेता गुजरात टाइटन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ ।
जारी सिजनमा गुजरात लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो । ऊ दिल्लीविरुद्ध पनि जित निकाल्दै लय कायमै राख्न चाहन्छ ।
डेविड वार्नर नेतृत्वको दिल्ली भने पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । दिल्ली आज घरेलु मैदानमा गुजरातलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्न चाहन्छ ।
हालसम्म दिल्ली र गुजरातले एक खेलमा मात्र एकअर्काको सामना गरेका छन् । गत सिजनमा भएको खेलमा गुजरातले दिल्लीलाई १४ रनले हराएको थियो । यसपालि गुजरातविरुद्ध दिल्ली गएको संस्करणको हारको बदला लिन चाहन्छ ।
दिल्लीको सम्भावित–११ : पृथ्वी शा, डेविड वार्नर (कप्तान), मिचेल मार्श, सरफराज खान (विकेटकिपर), रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, खलिल अहमद, कुलदीप यादव, एनरिक नोर्टजे र चेतन साकरिया ।
गुजरातको सम्भावित–११ : शुभमन गिल, ऋद्धिमान साह (विकेटपिकर) हार्दिक पाण्ड्या (कप्तान), डेविड मिलर, विजय शंकर, राहुल तेवटिया, राशिद खान, अल्जारी जोसेफ, जोस लिटिल, मोहम्मद शामी र यश दयाल ।