सिमरा, १२ फागुन
डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जितनिकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।
‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेड संगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायकगोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्रनिकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्नपुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुतग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेले पनि बीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनटमा बीरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो ।वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपागोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजनहोनाले सहजबचाउ गरे ।
खेलको ७४ औं मिनटमा बीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो ।अन्तिम समयमाआक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनटमा अर्को अवसर गुमायो । निरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा बीरगञ्जलेअर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरिसकेको अवस्थामागोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीयो ।
प्रतिष्पर्धात्मक खेलमाएनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जस कारण बीरगञ्ज विरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो ।
खेलको सातौं मिनटमा कृति रत्नचुन्जुको क्रसपासमाअशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामागोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोललाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायकगोल गरेका अशोक थापा खेलको म्यानअफदिम्याच घोषित भए । उनले दशहजार नगद सहितट्रफि प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथक्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।
© 2024