Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज यूनाईटेडको सहज जीत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिमरा, १० चैत्र । वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमती विरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमती विरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोल रक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोल रक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोल पोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत गरे । खेल अवधि भरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो ।

खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याक पासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभीजन क्लबबीरगञ्ज सामु निरहि देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।

खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए । २६ औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमाविवेक सम्हालिन नसक्दा वागमतीका गोल रक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे ।

खेलको ३४ औं मिनटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोललाइन बाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्तप्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।

वीरगञ्जको जितमादुई गोल गरेका विवेक चौधरी खेलको म्यानअफदिम्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हातपारे । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाइनल खेलमाशनिबार केविएग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विचप्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न
खेलकुद

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु
खेलकुद

बिरगंजमा दृष्टिविहीन क्रिकेट खेलाडीका लागि ५ दिने प्रशिक्षण सुरु

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद