Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगन्जलाई हराउँदै एभिनियर मकवानपुर गोल्डकपको सेमिफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ फागुन । क्यामरुनको एभिनियर एफसी हेटौँडामा जारी पाँचौ संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वीरगन्ज युनाइटेडलाई २–० ले हराउँदै एभिनियर एफसी सेमिफाइनलमा पुगेको हो। एभिनियरको जितमा कप्तान यानिक योआना र सावाले एक-एक गोल गरे। यानिकले खेलको ३९औँ र साबाले ७४औँ मिनेटमा गोल गरेका हुन्।

टिम्बा टिम्बाले मिलाइदिएको पासलाई यानिकले गोलमा परिणत गरेका हुन्। यस्तै, बोयोमीको प्रहारमा रिबाउन्ड आएको बललाई साबाले सुन्दर गोलमा परिणत गरेका थिए। टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै साबाले गोल गरेका हुन्।

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा एनआरटीलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको वीरगन्जले खासै उत्कृष्ट खेल पस्किन नसक्दा सशक्त विदेशी टोली एभिनियरसँग निराश हुन बाध्य भयो।

खेलको अन्तिमतिर केही राम्रा मुभ बनाए पनि वीरगन्ज खेलमा फर्किन सकेन। बुधबारको खेलको म्यान अफ द म्याच वीरगन्जका उमेश कार्की घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद