Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २५,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५ माघ । वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको आज एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै महानगरप्रमुख सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए ।
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगञ्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
२८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरीबीच प्रतिष्पर्धा भइरहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ माघ २५,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ माघ २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद