Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

सातौं प्याब्सन टी–२० क्रिकेटको सेमिफाईनलमा मनकामना, एमईएस र साउथ जोन प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ११,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, ११ माघ । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा मनकामना, एमईएस र साउथ जोन सेमिफाईनल प्रवेश गरेका छन् । बुधबार भएकोे ज्ञान ज्योतिलाई पराजित गर्दै मनकामना, आदर्श माविलाई पराजित गर्दै एमईएस र मुनलाईटलाई पराजित गर्दै साउथ जोन माविले सेफिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बुधबार पहिलो खेलमा ज्ञान ज्योतिलाई मात्र ३ विकेटले मनकामना माविले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको ज्ञान ज्योतिले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र ७८ रन बनाएको थियो । ७९ रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको मनकामनाले ७ विकेटको क्षतिमा १३।५ ओभर खेलेर लक्ष्य पार गरेको थियो ।

खेलमा मनकामनाका अभय सर्राफ म्यान अफ दी म्याच घोषित भए । यस्तै, बुधबार नै भएको क्वाटर फाईनल चरणको खेलमा एमईएस मावि विजयी भएको छ । आदर्श माविलाई ३१ रनले पराजित गर्दै एमईएसले सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर एमईएसले ब्याटिङ रोजेकोमा पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १०७ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको आदर्शले १३।५ ओभर खेल्दै पुरै विकेट खर्चेर मात्र ७६ रन बनाउन सक्यो ।

खेलमा २ छक्का र ४ चौकासहित ४८ रनको योगदान दिएका एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए । यसैगरी, बुधबार भएको तेस्रो क्वाटर फाईनलमा मुनलाईटलाई ७८ रनले पराजित गर्दै साउन जोन मावि विजयी भएको छ । टस जितेर साउथ जोनले पहिले ब्याटिङ गरेर पुरै १५ ओभरमा ६ विकेटको नोक्सानीमा १४० रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मुनलाईट ३ विकेट खर्चेर पुरै ओभर खेल्दा पनि मात्र ६२ रनै समेटियो ।

खेलमा ३ छक्का र छ चौका सहित ६० रनको योगदान दिएका साउथ जोनका मुन्ना यादव म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बिहीबार भने एउटा मात्र खेल हुन प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो । बिहीबार सरस्वती पूजा परेको हुँदा अन्तिम गौतम मावि र मिलील्याण्ड मावि बीचको एउटा मात्र क्वाटर फाईनल खेल हुने संग्रौलाले जानकारी दिनुभयो ।

माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता रहेका छन् । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०७९ माघ ११,बुधबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०७९ माघ ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद