Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ०९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

खेल मिलेमतोमा संलग्न भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलाडीमाथि अनुसन्धान गरेको थियो । पूर्व क्रिकेटर आलमलाई सोमबार दिउँसो १:०० बजे विराटनगरमा पक्राउगरी प्लेनमार्फत काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

यस्तै अन्सारीलाई सप्तरीको राजविराजबाट सीआईबीकै टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीले पुस ९ देखि २७ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ ।

खेल मिलेमतो भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि छानबिन गरिहरेको छ ।

क्यानले यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी भारतको सेभन थ्री स्पोर्ट्सलाई दिएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ माघ ९,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद