Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

गोपाल प्रसाद खेतान आदर्शनगर रंगशालाका संयोजकमा नियुक्त रंगशालाको संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनको जिम्मेवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, सम्वर्द्धन, मर्मत–सम्भार र प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

वीरगंज महानगर प्रमुख राजेशमान सिंहको हस्ताक्षर रहेको पत्रमार्फत खेतानलाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा उल्लेख भएअनुसार, खेतानले यसअघि पनि रंगशालाको संरक्षण र व्यवस्थापनमा पुर्‍याएको योगदान सराहनीय रहेकाले उनलाई पुनः संयोजकको जिम्मा दिइएको हो।

महानगरपालिकाको तर्फबाट जारी गरिएको सूचनामा आदर्शनगर रंगशालालाई अब खेलकुद क्षेत्रको वृत्ति विकास र स्तरोन्नतिको लागि मात्र प्रयोग गरिने स्पष्ट नीति अवलम्बन गरिएको जनाइएको छ। सोही नीति कार्यान्वयनमा सहयोग पुग्ने विश्वासका साथ खेतानको संयोजक नियुक्ति गरिएको उल्लेख छ।

नगरपालिकाले खेतानले रंगशालाको समग्र समन्वय, आवश्यक मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिहरूको प्रवर्द्धनमा आफ्नो अनुभव, सिप र दक्षता प्रयोग गर्दै योगदान दिने अपेक्षा राखेको छ।

महानगर प्रमुख सिंहले खेतानको सफल कार्यकालको शुभकामना दिँदै, ईमान्दारिता र लगनशीलताका साथ दायित्व निर्वाह गर्न आग्रह गरेका छन्।

आदर्शनगर रंगशाला वीरगंज महानगरको एक महत्वपूर्ण खेल संरचना हो। यहाँ विविध खेल तथा सामाजिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। पछिल्ला केही वर्षदेखि रंगशालाको संरक्षण, स्तरोन्नति तथा व्यवस्थापनको माग उठ्दै आएको थियो। यसै सन्दर्भमा, स्थानीय तहले जिम्मेवार व्यक्तिको संयोजनमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले खेतानलाई संयोजक नियुक्त गरेको हो।

खेतानको संयोजकमा पुनः नियुक्तिको खबर सार्वजनिक भएसँगै खेलकुद क्षेत्रका अभियन्ता, खेलाडी तथा स्थानीय बासिन्दाले निर्णयको स्वागत गरेका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशाला अझ व्यवस्थित र उद्देश्यअनुरूप सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद