Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नारायणी स्पोर्ट्स क्लब वडावासीको जिम्मामा, नयाँ सुरुवातको आशा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज
लामो समयदेखि केही व्यक्तिहरूको नियन्त्रणमा रहँदै आएको नारायणी स्पोर्ट्स क्लब अब स्थानीय समुदायको जिम्मामा पुनः फर्किएको छ। वीरगन्ज महानगरपालिका वडा नं। ५ को सक्रिय पहलमा क्लबलाई कब्जामुक्त गरिँदै वडावासीको सरोकारमा ल्याइएको हो।

वडा अध्यक्ष प्रदिप चौरसियाको नेतृत्वमा, वडाका भद्रभलाद्मी, जनप्रतिनिधि तथा नगर प्रहरीको उपस्थितिमा क्लबको ताल्चा खोल्दै सार्वजनिक रूपमा जिम्मेवारी वडाको मातहतमा ल्याइएको छ। अध्यक्ष चौरसिया अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका छन्।

वडाले यसअघि पनि पटक–पटक सूचना जारी गर्दै क्लबको चाबी फिर्ता गर्न अनुरोध गरेको थियो, तर सो अवज्ञा भएपछि छलफलमार्फत निर्णय गर्दै क्लबको पुनः सञ्चालनको बाटो खुलाइएको हो।

अब क्लबको सञ्चालन स्थानीय समुदाय र वडा समितिको प्रत्यक्ष निगरानीमा पारदर्शी रूपमा हुनेछ। वडा अध्यक्ष चौरसियाका अनुसार, यो निर्णय वडाबासिन्दाहरूको भावना, खेलकुदको प्रवर्धन, र खेलाडीहरूको भविष्यको संरक्षणलाई ध्यानमा राखेर गरिएको हो।

स्थानीयहरूले यस कदमलाई सकारात्मक रूपमा लिँदै क्लबको नयाँ सुरुवातप्रति आशावादी दृष्टिकोण व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८२ जेष्ठ ३१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद