Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज महानगरलाई राष्ट्रपति रनिङ शिल्डको स्थायी स्वामित्व, लगातार तेस्रो पटकको ऐतिहासिक जित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ। नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरले ३१ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो।

नियमअनुसार तीन वर्ष लगातार उपाधि जितेपछि शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ। सोही आधारमा आइतबार आयोजित कार्यक्रममा शिल्ड महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको हो।

शिल्ड ग्रहण गर्दै प्रमुख सिंहले ूखेलाडीहरूको मेहनत, समर्पण र निरन्तर अभ्यासकै परिणामस्वरूप यो सफलता हासिल भएकोू बताउँदै खेलकुद क्षेत्रमा अझ थप लगानी गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं। ५ का अध्यक्ष प्रदिप चौरसिया, प्रशासन प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, प्रेस सल्लाहकार नवराज फुयाँल र खेल प्रशिक्षक विश्वेश्वर पटेल लगायतको उपस्थिति थियो।

प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो, र सखुवा प्रसौनी गाउँपालिकाले ४ स्वर्ण पदकसहित तेस्रो स्थान प्राप्त गरेका थिए।

यो उपलब्धिले महानगरको खेलकुदमैत्री नीतिको सफल प्रतिबिम्ब प्रस्तुत गरेको छ। भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वीरगञ्जका खेलाडीहरूले सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद