प्बलिक फिटनेस सेन्टरको सातौ वार्षिक उत्सव
लिंक रोड वीरगंजमा रहेको प्बलिक फिटनेस सेन्टरले आफनो सातौ वार्षिक उत्वस मनाएको छ । २०१६को मिस्टर वीरगंज करन यादवले संचालन गरेको प्बलिक फिटनेस सेन्टरले विगत सात वर्ष देखि जिम सिकाउने, स्वस्थ रहनका लागि अभ्यास गराउने काम गर्दै आईरहेको छ ।
एक वर्ष पहिले राष्ट्रिय खेलमा सिल्भर मेडल, धर्मश्री राष्ट्रिय खेलमा तेस्रो पुरस्कार तथा पोखरामा हुने बुलस मैनमा तेस्रो स्थान हासिल गरेका करन यादवले आफु खेलाडी भएको नाताले वीरगंजमा पनि खेलाडी उत्पादन होस र स्वास्थ जीवनका लागि प्बलिक सिफनेस सेन्टर संचालन गरेको बताए ।
विगत एक महिना देखि अभ्यास गरिरहेका अबुलेस अंसरीले यहाँको डिसिप्लने राम्रो भएको बताए । संचालक नै अनुभवी खेलाडी भएकोले आफुलाई सहज भएको बताए । सेन्टरको शुरुवाती देखि नै आब्ध रहेका महम्मद खालिद हुसैनले आफु पाच वर्ष अभ्यास गरेको र अहिले प्रशिक्षको रुपमा काम गरिरहेको बताए ।
बडीको हिसावले अभ्यास गराईने, खेलको लागि प्रोत्साहन गर्ने तथा खेलाडीलाई आर्थिक सहयोग समेत गर्ने गरेको उनले बताए । वार्षिक उत्सवको अवसरमा खेलाडी तथा प्रशिक्षकलाई सम्मा गरिएको थियो ।
© 2024



