Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्‍याली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २०,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

चितवन, चैत २० गते । नेपाल अटोमोबाइल एसोसिएसन ९नासा० बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन ९काडा० ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्‍याली ९प्रतियोगिता० आयोजना गर्ने भएका छन् । देवघाट(हलेसी(माउन्ट एभरेष्ट मोटर र्‍याली आयोजना गर्न लागिएको हो ।

मोटर टुरिजम तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले बताउनुभयो । पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु हुने र्‍यालीले भरतपुर हुँदै हेटौँडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उहाँको भनाइ छ । मोटर र्‍याली रेसिङको विधाअनुसार टिडिएस र्‍याली ९टाइम डिस्टेन्स स्पिड० अन्तर्गत गन्तव्यमा पुग्ने छन् ।

गन्तव्यमा पुग्नका लागि विभिन्न स्थानमा चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार एभरेज स्पिड दिइने उहाँले बताउनुभयो । त्यस्तै, मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ चालकहरूले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् । कार्यक्रममा २५ देखि ३० जना चालकलाई सहभागी गराउने योजना रहेको काडाका उपाध्यक्ष इन्द्र रेग्मीले जानकारी दिनुभयो ।

खोटाङको हर्कपुर सुनकोशी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको रेग्मीको भनाइ छ । इच्छुक चालकहरूले अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । आगामी वैशाख ५ गते बिहान ८ बजेदेखि सुरु गरिने कार्यक्रमका विजेताहरूले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने छन् । काडाका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठका अनुसार सहभागी सबैलाई वैशाख ४ गते पूर्व प्रशिक्षण दिइने छ ।

कार्यक्रममा ड्राइभसन, मार्सल र अन्य प्राविधिक गरी एक सय २४ जना सहभागी हुने छन् । दुई रात, तीन दिन लामो कार्यक्रममा सहभागीहरूलाई खाना तथा बस्ने व्यवस्था आयोजकले मिलाउने छ । सहभागीहरूलाई दुर्घटना बिमाको समेत व्यवस्था गरिएको छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद