Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा ईन्टर कलेज मेरिगोल्ड फुटसल टुर्नामेन्ट–२०८० सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा मंगलबार एक कार्यक्रमका बिच ईन्टर कलेज मेरिगोल्ड फुटसल टुर्नामेन्ट–२०८० सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल खेल मैदानमा आयोजित फुटबल टुर्नामेन्टको उदघटान शत्रको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारी र मेरिगोल्ड कलेजका प्रिन्सिपल रबी कोईरालाले संयुक्त रुपमा पानसमा बत्ति बाल्दै र खेलाडीहरुलाई बल पास गर्दै खेलको उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक अंसारीले खेलकुदले शारीरिक व्याम देखि अनुशासीत हुने शैली सिकाउने भएकोले खेलाडीहरुलाई प्रोत्सान गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।

“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ आयोजित प्रतियोगितामा अंसारीले खेलाडीहरुले देशको नाम उच्च पार्न संघर्ष गर्नुपर्नेमा जोड दिदै खेलकुद प्रतियोगिता नियमित रुपमा हुँदा खेलाडीहरुको मनोबल उच्च हुनुको साथै खेलाडीहरुको खेलकुद प्रति ईच्छा बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

आयोजक हाम्रो फुटसलका गौरव चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उदघाटन सत्रमा वडा नं. १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, पर्सा फुटबल एसोसिएसनका अध्यक्ष हेमन्त चौरसिया, नेशनल मेडिकल कलेजका डाक्टर रुबी श्रेष्ठ, वीरगंज पब्लिक कलेजका हरि तुलाधर, ठाकुरराम बहमुखि क्याम्पसका संजय श्रेष्ठ, ग्लोबल कलेजका श्रीराम दास, पर्सा अटोमोबाईल संघका अध्यक्ष मधुसुदन गौतम, सिप्रदी ट्रेडिङ्गका ब्रान्च म्यानेजर संदिप गुप्ता लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । उदघाटन सत्रको सहजिकरण सुलभ चौरसियाले गरेका थिए ।

८ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा मंगरबारको पहिलो खेल नेशनल मेडिकल कलेज र वीरगंज पब्लिक कजेज बिच सम्पन्न भएको छ । खेलमा नेशनल मेडिकल कलेजले ७–५ को अन्तरले विजयी भएको छ । त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र ग्लोबल बिजनेश कलेज बिच भएको दोस्रो खेलमा १८–१ को अन्तरले ठाकुरराम कलेज विजयी भएको छ । त्यसैगरी मेरिगोल्ड कलेज र पिस जोन एकेडमी बिच भएको तेस्रो खेलमा ४–४ गोल गरी बराबरीमा पुगेको थियो भने चौथो खेल बिपिसि कलेज र ग्लोबल कलेज बिच भएको खेलमा ३१–१ को अन्तरले बिपिसि कलेज विजयी भएको हो ।

त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पस र नेशनल मेडिकल कलेज बिच भएको पाँचौं खेलमा ५–४ को अन्तरले ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ भने छैठौ खेल बिपिसि कलेज र नेशनल मेडिकल कलेज बिच भएको खेलमा ३–२ को अन्तरले बिपिसि कलेज विजयी भएको आयोजक संस्था हाम्रो फुटसलका गौरव चौरसियाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र ६,मंगलवार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० चैत्र ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद