Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

तेस्रो परवानीपुर गोल्डकप : वीरगञ्ज युनाइटेड क्लब सेमिफाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज बिजयी भएको छ ।

{ Avst }

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृती युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले पहिलो गोल गरे ।

उनले गरेकै गोल नै अन्तिम सम्म वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जको लागि निर्णायक रहयो ।

वीरगन्ज युनाइटेड क्लबका खेलाडीले सुरु मै गरेको गोल नव जन जागृती युवा क्लबका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।

आजको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले म्यान अफ दि म्याच घोषित भए ।

उनलाई परवानीपुर निवासी युवा प्रदीप सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।

अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।

प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको खेलमा प्रमुख अतिथि राप्रपा पर्साका कोषाध्यक्ष रामेश्वर महतो थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० चैत्र ५,सोमबार
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान
मुख्य समाचार

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४० जना रक्तदाताले गरे रक्तदान

प्रकाशित : २०८० चैत्र ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद