वीरगंज, ११ पुष । दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीलाई नेपाल सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको छ ।
प्रतियोगितामा भाग लिन वीरगंजबाट ९ जनाको टोली दिल्ली लागेको नेपाल सितोरियो कराते संघ पर्सा जिल्ला का उपाध्यक्ष सुवाष श्रेष्ठले जानकारी दिए।
खेलाडीहरुलाई फुल माला लगाएर विदाई गरिएको उनले बताए । दिल्लीको लालकटोर रंगशाला इन्दौरमा आउँदो २१ र २२ गते प्रतियोगिता हुने पनि उनले जानकारी दिए ।
विदाई कार्यक्रममा संघका अध्यक्ष सन्तोष सर्राफले र उपाध्यक्ष सुवास श्रेष्ठ ले खेलाडीलाई देशको नाम राख्ने गरि कुशल प्रदर्शन गरेर देखाउन आग्रह गर्दै विजयको अग्रिम शुभकामना दिए।
विदाई कार्यक्रममा संघका सचिव उदय नारायण, सह- सचीव, प्रेम गुरुङ कोषाध्यक्ष राकेश श्रेष्ठ, प्रशिक्षक विकास साह, प्रशिक्षक नसिम अहमद,प्रशिक्षक राजु सर्राफ लगायतको सहभागिता रहेको थियो।



