Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

वीरगञ्ज : नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नारायणी अस्पतालको एक सय ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगितामा नारायणी टाइगर्स विजयी भएको छ ।

बिहीबार वीरगञ्जको बाइपास सडकस्थित वल्र्ड अफ वाण्डर्समा भएको फाइनल खेलमा पेडियाट्रिक ठण्डर्सलाई नारायणी टाइगर्सले ४–३ गोल अन्तरले पराजित गरेको हो ।

१५–१५ मिनेट गरी आधा घण्टाको खेलमा नारायणी टाइगर्सको तर्फबाट डा. आमोद श्रेष्ठ एक्लैले तिन गोल गरे भने डा. भोला बच्छारले एक गोल गर्दै टिमलाई जित दिलाएको नारायणी टाइगर्सका कप्तान तथा गोल किपर डा. सरोज रोशन दासले जानकारी दिए ।

डा. दासले ६ हजार नगद पुरस्कार पनि प्राप्त गरे भने विजयी खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतवरदेखि भएको फुटसल प्रतियोगितामा ६ वटा समूहले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, नारायणी खेल समितिका अध्यक्ष डा. खालीद हुसैन, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् मधेस प्रदेश संयोजक वरिष्ठ फिजिसियन डा. नीरज सिंह लगायतले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद