Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मलेसिया टि२० विश्वकप छनोट खेल्न नेपाल आउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्रिय छनोट बी को उपाधि जित्दै नेपाल आउने भएको छ । घरेलु टोली मलेसियाले बी क्षेत्रीय छनोटको उपाधि जितेसँगै आइसिसी विश्वकप एसिया छनोट फाइनल खेल्न नेपाल आउने पक्का भएको हो ।

मलेसियाले अन्तिम खेलमा थाईल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि ९४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर सैयद अजिजले ३२ बलमा ६ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्ड १८.२ ओभरमा ९३ रनमा अल आउट भएको थियो । थाईल्यान्डका कप्तान अक्षय कुमार यादवले सर्वाधिक २३ रन बनाए । मलेसियाका विजय उन्नीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । खिजार हायत र पवनदीप सिंहले समान दुई विकेट लिए ।

मलेसिया ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट भएको हो । थाईल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा मलेसिया, थाईल्यान्ड, भुटान, चीन र म्यानमार थिए ।

प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको थियो । आगमी अगष्ट ३० देखी नोभेम्बर ९ सम्म हुने एसिया फाइनल छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् ।

एसिया क्षेत्रीय छनोट आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ । नेपालमा हुने विश्वकप छनोटबाट शीर्ष दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक
खेलकुद

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक

प्रकाशित : २०८० श्रावण १६,मंगलवार
प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा
खेलकुद

प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

प्रकाशित : २०८० श्रावण १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद