Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल यू–१६ इस्ट जोन क्रिकेटको च्याम्पियन, मलेसिया फराकिलो अन्तरले पराजित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

मलेसियाको बायुमास मैदानमा मङ्गलबार भएको फाइनलमा नेपालले घरेलु टोलीलाई २२१ रनको विशाल अन्तरले हराउँदै उपाधि जितेको हो। यो नेपालको लगातार तेस्रो उपाधि हो।

२५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रनमा अलआउट भयो । मलेसियालाई ध्वस्त बनाउन नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै सन्तोष यादवले ३ तथा अशोक थापा र सागर गैरेले १–१ विकेट लिए।

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतक बनाए । उनले नटआउट १ सय १२ रन बनाएका थिए ।

यस्तै निरजकुमार यादवले ४७, सन्तोष यादवले २६ र सूर्यांशु कोइरालाले १८ रनको योगदान गरे ।

समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन
खेलकुद

इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चरण सम्पन्न, दुई विद्यार्थी फाइनलमा चयन

प्रकाशित : २०८० असार १९,मंगलवार
“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न
खेलकुद

“खेली मधेश, जीती मधेश” नारासहित पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिकोत्सव सम्पन्न

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद