Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

गुण्डा नाइकेहुँदै सांसद बनेका अतिक अहमदको प्रहरीकै अगाडि हत्या, उनी को हुन् ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भारतका पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या भएको छ । शनिबार अतिक र असरफको हत्या भएको उत्तर प्रदेशका प्रहरीले पुष्टि गरेकाे छ ।

प्रहरी र पत्रकारहरूकै अगाडि अतिक र असरफमाथि गोली चलाइएको थियो । तीन आक्रमणकारीहरू पत्रकारको भेषमा धुमनगन्ज प्रहरी चौकीनजिकैको अस्पताल पुगेका थिए । अतिक र उनका भाइलाई मेडिकलका लागि प्रहरीले मोतिलाल नेहरू अस्पताल लगेका थिए ।

अस्पताल बाहिर पत्रकारहरूसँग कुरा गर्दैगर्दा उनीहरूमाथि गोली चलाइएको थियो । यतिबेला तीनै आक्रमणकारीहरूलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । उनीहरूको पहिचान भने खुलाइएको छैन ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेका छन् भने तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।

हत्याअगाडि अतिक अहमद र उनका भाइ । अतिकका भाइ असरफ आफ्ना दाइका सहयोगी थिए जोविरुद्ध पनि हत्या, अपहरणजस्ता मुद्दा लागेका छन् ।

को हुन् अतिक अहमद ?

अतिक अहमद उत्तर प्रदेशको प्रयागराजबाट सन् २००४ देखि सन् २००९ सम्म समाजवादी पार्टीको तर्फबाट लोकसभाको सांसद बनेका थिए । राजनीतिमा प्रवेश गर्नु अगाडि र राजनीतिमै हुँदा पनि उनी गुण्डागर्दी, अपहरण र हत्याजस्ता गतिविधिमा संलग्न थिए । गत महिना मार्च २८ मा मात्र एमपी–एमएलए अदालतले अतिक अहमदलाई उमेश पाल अपहरण मुद्दामा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको थियो ।

अतिक अहमद समूहबाट मारिएका राजु पाल र उमेश पाल

उमेश पाल सन् २००६ मा अपहरणमा परेका थिए । उनको यसै वर्षको फेब्रुअरी २४ मा हत्या भएको थियो । अतिक अहमद १७ वर्ष अगाडिको अपहरणमा दोषी ठहर हुँदा उनका छोरा असद अहमद उमेश पाल हत्याका मुख्य अभियुक्त थिए ।

बहुजन समाज पार्टीका विधायक राजु पालको सन् २००५ मा हत्या भएको थियो । सोही हत्याको प्रमुख प्रत्यक्षदर्शी उमेश पाल थिए । उमेशले गुण्डा नाइके हुँदै सांसद बनेका अतिक अहमदलाई हत्यारा भनेपछि नै अतिक अहमद उमेश पालको पछाडि लागिपरेका थिए ।

अतिक अहमदको आपराधिक पृष्ठभूमि

– भारतमा अतिक अहमदविरुद्ध सयभन्दा बढी उजुरी परेका छन् । सन् १९७९ मै उनीमाथि हत्या गरेको भन्दै उजुरी परेको थियो, त्यसबेला उनी नाबालक थिए ।

– सन् १९९२ मा इलाहाबाद प्रहरीमा अतिकविरुद्ध हत्या, अपहरण र चन्दा असुलेको विषयमा दर्जनभन्दा बढी उजुरी परेका थिए ।

– बहुजन समाज पार्टीका विधायक राजु पालको हत्यामा अतिक मुख्य अभियुक्त हुन् ।

– पछिल्लो ६ वर्षयता मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले माफिया र अपराधीविरुद्ध कारबाही चलाउँदा अतिक अहमदका सयोगी गुण्डाहरू गिरफ्तार भएका छन् । उनको र उनीसँग सम्बन्धित मानिसहरूको ८ सय करोड सम्पत्ति जफत गरिएको छ ।

गत बिहीबार मात्र अतिक अहमदले आफ्नो छोरा गुमाएका थिए । उमेश पालको गत फेब्रुअरीमा हत्या हुँदा अतिकका छोरा असद अहमद मुख्य अभियुक्त थिए । प्रहरीसँगको मुठभेडमा असदसँगै उनका सहयोगी गुलाम मोहम्मदको पनि मृत्यु भएको थियो । बीबीसीहिन्दीको सहयोगमा

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०८० बैशाख ३,आईतवार
रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड
अन्तराष्ट्रिय

रक्सौलमा ‘सप्तशक्ति संगम’ कार्यक्रम सम्पन्न – महिलामा आत्मविश्वास र नेतृत्व विकासमा जोड

प्रकाशित : २०८० बैशाख ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद