Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

राहुल गान्धीको सांसद पद खारेज

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- भारतमा कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता (सांसद पद) रद्द गरिएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय तोकिएको एकदिन पछि गान्धीको सांसद सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

लोकसभा सचिवालयले एक सूचनामार्फत गान्धीको सदस्यता रद्द गरिएको जानकारी गराएको हो ।

सार्वजनिक गरिएको सूचनाअनुसार केरलाको वायनाड लोकसभा सिटका सांसद गान्धीलाई सजाय सुनाएपछि मार्च २३ बाटै उनलाई अयोग्य ठहर गरिएको थियो ।

भारतीय संविधानको अनुच्छेद १०२ (१) तथा जन प्रतिनिधित्व अधिनियम, १९५१ अनुसार सो निर्णय लिइएको हो ।

यसअघि, गान्धीलाई सूरतको एक अदालतले चार वर्ष पुरानो आपराधिक मानहानीको विषयमा दुई वर्षको सजाय सुनाएको थियो ।

अदालतले गान्धीमाथि १५ हजार जरिवाना समेत तोकेको छ । उनीसँग सर्वोच्च अदालतमा अपील गर्न एक महिनाको समय छ ।

सन् २०१९ मा ‘मोदी सरनेम’ लाई लिएर राहुल गान्धीको एक टिप्पणी आएको थियो जसमा उनले नीरव मोदी, ललित मोदी तथा अन्य मोदीको नाम जोड्दै उनले, ‘सबै चोरहरुको सरनेम कसरी मोदी रह्यो?,’ भनेर प्रश्न गरेका थिए ।

कांग्रेसले भने यस निर्णयलाई राजनीतिबाट प्रभावित तथा सत्तामा रहेको भारतीय जनता पार्टीको हात रहेको दावी गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
अन्तराष्ट्रिय

रारा घुम्न आएकी पर्यटकको मृत्यु

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
अन्तराष्ट्रिय

बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद