Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या २१ हजार नाघ्यो, अर्को प्रकोपको चेतावनी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सोमबार टर्की र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको स‌ंख्या शुक्रबार २१ हजार नाघेको छ। उद्धारकर्मीहरूले जीवित मानिसको खोजी अझै गरिरहेका छन्। तर थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।

राहत सामग्री बोकेका संयुक्त राष्ट्रसंघका लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो। उत्तरी सिरिया विद्रोहीहरूको नियन्त्रणमा भएकाले उद्धार र राहतमा  समस्या भएको बताइएको छ।

अत्यधिक चिसो मौसमका कारण हजारौं भूकम्पपीडितको जीवन जोखिममा छ। प्रकोपपछि उनीहरूले आवास, खानेपानी र खाद्यान्न पाएका छैनन्। टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै हाम्रो आँखा अगाडि देखा परिरहेको चेतावनी दिएका छन्।

विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए। बिहीबार उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्रसंघीय मानवीय सहायता पठाइएको छ। गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाउँदै सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत् सहायता पठाउने अनुमति दिन आग्रह गरेका छन्।

दक्षिण टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ। यागीज नाम गरेका १० दिनका शिशुलाई भग्नावशेषबाट उद्धार गरिएको हो। भिडियोहरूमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको देख्न सकिन्छ। उनकी आमालाई स्ट्रेचरमा राखेर ल्याइएको थियो।

धेरै मानिस भग्नावशेषमुनि फसेका छन् र अन्य केही मानिसको हाइपोथर्मियाका कारण मृत्यु भएको छ। यो क्रम जारी रह्यो भने गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ। डब्ल्यूएचओले जीवितले तत्काल आश्रय, खाना, पानी र औषधि नपाएको खण्डमा दोस्रो मानवीय प्रकोपले प्रहार गर्न सक्ने चेतावनी दिएको छ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद