Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको अवस्था गम्भीर अस्पताल भर्ना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

इस्लामाबाद, २७ जेठ (रासस÷एएनआई)- पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफ अस्पताल भर्ना हुनुभएको छ ।
पछिल्लो तीन हप्तादेखि दुबई स्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।
उनीहरूका अनुसार उहाँको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।
मुसर्रफको ट्वीटर हेन्डलमै उहाँका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ ।
उहाँको अवस्थामा सुधार होस् भनेर आफूहरूले प्रार्थना गरिरहेको पनि उहाँका आफन्तले बताएका छन् ।
ट््वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने सम्भावना पनि छैन । उहाँका अधिकांश अङ्गले काम गरेका छैनन् । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”
सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएका मुसर्रफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उहाँले राज्य सत्ता हातमा लिनुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद