Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

दुई देशबाट अफगानिस्तानका पाँच हजार शरणार्थी घर फिर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
A A
{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काबुल, २६ जेठ (रासस÷सिन्ह्वा) ः अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् ।

स्वदेश फर्किएकामध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरू अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ–आफ्नो घरतर्फ लागेका हुन् ।

त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दाबी छ । उनीहरू अफगानिस्तानको कान्दहर प्रान्तबाट स्वदेश भित्रिएका हुन् ।

मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा समावेश नभएका तर स्वदेश फर्किएका अरु धेरै हुनसक्ने जनाएको छ ।

अन्य विभिन्न देशबाट समेत गरी अफगानिस्तानमा अहिलेसम्म सात लाख ४० हजार शरणार्थी स्वदेश फर्किसकेको दाबी गरिएको छ । “यो तथ्याङ्क सन् २०२१ को अगस्ट देखिको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तानमा लामो समयदेखि भएको द्वन्द्वका कारण दशौँ लाख मानिस विस्थापित भएको वा शरणार्थी भएकोमा केही मात्रै फर्किएका हुन् । अरु धेरै फर्किन बाँकी नै छन् । फर्किन बाँकीमध्ये अधिकांशले स्वदेश फर्किन चाहेको बताउने गरेका छन् । उनीहरूले अझै पनि स्वदेश फर्किने वातावरण बनिनसकेको दाबी गर्दै फर्किने प्रतीक्षामा रहेको जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद