इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा गुजरातले ७ विकेटको जित निकालेको हो ।
ब्याटिङ पावरहाउसका रूपमा चिनिएको हैदराबादको ब्याटिङ गुजरातको बलिङअगाडि फ्लप भएको थियो ।
जसका कारण सुरुवाती ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले २० बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
गुजरातका लागि अभिषेक शर्माले १८, इसान किसनले १७, नितिश कुमार रेड्डीले ३१, हेनरिक क्लासेनले २७, अनिकेत बर्माले १८ र प्याट कमिन्सले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गुजरातका लागि मोहम्मद सिराजले ४ विकेट लिए । त्यस्तै प्रसिद्ध कृष्ण र साई किशोरले पनि २र२ विकेट लिए ।
ऋन् न्चयगउएचबदजग
बलिङतर्फ गुजरातका लागि शुभमन गिलले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए । वासिङ्टन सुन्दरले ४९ रन बनाउँदा शेरफन रदरफोर्डले ३५ रन जोडे । बलिङतर्फ हैदरावादका लागि मोहम्मद समीले २ र प्याट कमिन्सले १ विकेट लिए ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ ।



