काठमाडौं,२५चैत । विवाहित महिलामध्ये धेरै महिलाका श्रीमानले अन्य महिलाहरू वा देहव्यापारमा संलग्न महिलाहरूसँग यौनसम्पर्क राखेका हुन सक्छन् । कतिपय महिलाहरू बाध्यताबश वा इच्छाले देहव्यापारमा संलग्न हुन्छन् । यसरी महिलाहरुलाई विभिन्न तरिकाले यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पारिन्छ र त्यसैकारण यौन रोग लाग्न सक्छ ।त्यसैले ‘महिलाका लागि डाक्टर नभएमा’ पुस्तकमा लेखिएका सुरक्षित यौन सम्पर्क गर्ने केहि तरिकाहरु प्रस्तुत गरिएका छन्
१– कन्डमको प्रयोग गर्न सक्ने अवस्था छैन तर यौन सन्तुष्टि लिनुपर्ने छ भने चुम्मा खाने, म्वाई खाने, आलिङ्गन गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
२–वीर्य वा योनीरस पैदा नभई वा स्खलित नगरी यौन सम्पर्क गर्नुपर्छ ।
३–यौन सम्पर्क सकिएपछि योनीको भित्रसम्म शुक्रकीटनाशक फिँज चक्की राख्नुपर्छ । यसो गरेमा गोनोरिया र क्लामिडियाका सूक्ष्म जीवहरु केही मात्रामा मर्न सक्छन् । साथै वीर्यको शुक्रकिट पनि झर्न सक्छ ।
४–असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्रमा सकेसम्म चाडै आकस्मिक परिवार नियोजन सेवा लिनुपर्छ । यसले अनुच्छुक गर्भधारण रोक्छ ।
५–यौन समस्याको विषय आफ्नो स्वास्थ्य, जीवन र भावी सन्तानकोसमेत जीवनसँग गासिएको विषय भएकाले लाज र संकोच मान्नु हुँदैन । आफ्नो मन मिल्ने दिदी–बहिनीहरुसँग कुरा गर्र्दै लाज संकोच हटाउने अभ्यास गर्नुपर्छ ।
© 2024