Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : अवैध रुपमा सञ्चालित १५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटियो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २५,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२५ पुष । बारा जिल्लामा बिगत लामो समय सम्म अवैध रुपमा सञ्चालित १५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ । बिगतमा जिल्ला समन्वय समिति,जिल्ला बन र प्रहरि प्रशासन कै मिलेमतोमा अबैध क्रशर सञ्चालनमा रहेपनि प्रशासनले बन्द गराउन सकेको थिएन । क्रसर संचालकले लेनदेनमा चलाउने गरेको आरोप खेप्दै आएको थियो । रबि लामिछानेको गृह मन्त्रालयमा प्रवेशसँगै सबै निकाय यतिखेर तातेको छ । जिल्ला अनुगमन उपसमितिले तीन दिन लगातार अनुगमन गरेर १५ वटा क्रसर उद्योगको विद्युत लाइन काटेको हो ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि निरन्तर बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगको अनुगमन गरिरहेको छ । अनुगमन उपसमितिले बारामा सञ्चालित ५३ मध्ये २९ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरिसकेको छ ।

जसमध्ये नवीकरण लगायत आवश्यक कागजपत्र नभेटिएको, मापदण्ड विपरीत सञ्चालनमा रहेका, वातावरणीय अध्ययन प्रतिवेदन पनि पुरानै भएको, खरिद, बिक्री र स्टकको हिसाब राम्रोसँग नराखेका, अनुमति लिइएको भन्दा फरक ढंगले सञ्चालनमा रहेका र राज्यलाई तिनुपर्ने कर नतिरेका १५ वटा उद्योगहरुको विद्युत लाइन काटेर सिल गरिएको अनुगमन उपसमितिले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२४ स्थित मिनाक्षी एग्रिगेट इन्डष्ट्रिज, जीतपुरसिमरा उपमहानगरपालिका–१२ स्थित रियान एग्रिगेट इन्डष्ट्रिज, वडा नं १५ स्थित वाडगंगा बालुवा उद्योग, जयमाता दी बालुवा प्रशोधन केन्द्र, अरुण बालुवा प्रशोधन उद्योग, वडा नं १६ को वनदेवी बालुवा धुलाई उद्योगको विद्युत प्रशारण लाइन काटिएको छ ।

त्यसैगरी निजगढ नगरपालिका–४ स्थित नेपाल क्रसर उद्योग, वडा नं ९ स्थित लालबकैया क्रसर उद्योग, हिमालयन क्रसर उद्योग, चौलागाई रोडा, ढुंगा, बालुवा प्रशोधन केन्द्र, वैष्णवी क्रसर उद्योग, दंगाल ब्रदर्श प्रशोधन उद्योग, बकैया स्यान्ड वासिङ इन्डष्ट्रिज र गुगल कन्सट्रक्सन कोल्हवीको लाइन काटिएको अनुगमन उपसमितिले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले जीतपुरसिमरा–२१ र २२ अमलेखगञ्जस्थित १० वटा क्रसर उद्योग विगतदेखि नै बन्द रहेको पाइएको आयोजना सम्पन्न भइसकेपछि पनि सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगका सञ्चालकलाई कानुनी कारबाही गर्ने तयारी उपसमितिले गरेको छ ।

अनुगमन उपसमितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले स्थलगत अनुगमनका क्रममा प्राकृतिक स्रोतको अधिकतम दोहन भएको देखिएको बताए । ‘सिमरा, कोल्हवी क्षेत्रमा भन्दा निजगढमा अधिकतम दोहन भएको देखिएको छ,’ उनले भने, ‘सबै उद्योगलाई तत्काल उत्खनन र कारोबार बन्द गर्न निर्देशन दिइसकेका छौं ।’ सिल गरिएका उद्योगबाट राति ढुंगा, गिट्टी बालुवा अन्यत्र सार्न सक्ने भएकाले प्रहरी टोलीलाई नियमित गस्ती गर्ने गरी खटाइएको पनि उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ पुष २५,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ पुष २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद