Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धानको भुसबाट २ मेगावाट विद्युत् उत्पादन गरी उद्योग प्लान्ट सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २९,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा ,पर्सा औद्योगिक करिडोरको परवानीपुरस्थित ओसीबी फुड्स एण्ड फिड प्रालिले धानको भुसबाट कम लागतमा विद्युत् उत्पादन गरेर उद्योगलाई चाहिने विद्युत् पूर्ति गरिरहेको छ । विद्युत ट्रिपिङको समस्याले करिडोरका अन्य उद्योगहरु आजित भइरहँदा यो उद्योगले भने धानको भुसबाट कम लागतमै विद्युत् उत्पादन गरी ४ वर्षदेखि उपयोग गर्दै आएको छ ।

विद्युत्‌मा यो उद्योग आंशिक मात्रै परनिर्भर छ । यो उद्योगले तेल र पिना उत्पादन गरी बिक्री गर्ने गर्छ । दैनिक २ मेगावाट विद्युत उत्पादन गरिरहेको यो उद्योगको प्रतियुनिट विद्युत् उत्पादन लागत ८ रुपैयाँ छ । प्राधिकरणले भने हाल प्रतियुनिट विद्युत् १२ रुपैयाँमा बिक्री गरिरहेको उद्योग व्यवस्थापनको दाबी छ ।

उद्योगका सञ्चालक सुरेश रुंगटाले प्राधिकरणले आपूर्ति गरेकोभन्दा आफूहरुले गुणस्तरीय तथा सस्तो विद्युत् उत्पादन गरिरहेको बताए । ‘एकातिर औद्योगिक करिडोरमा प्राधिकरणले दिने विद्युत्‌मा सधैं ट्रिपिङको समस्या भइरहेको छ’ उनले भने, ‘तर यस उद्योगले त्यसको ठूलो समस्या खेप्नुपरेको छैन, ४ वर्षदेखि उद्योग परिसरमै धानको भुसबाट विद्युत् उत्पादन गरेर उद्योगको तेल प्लान्टलाई चाहिने विद्युत् जोहो गरेको छु ।’

रुंगटाले भटमासको तेल प्लान्टलाई निरन्तर विद्युत् आपूर्ति आवश्यक रहने बताए । ‘यो प्लान्टलाई निरन्तर विद्युत् आपूर्ति भइरहनु पर्छ, नत्र पिना र भटमास जलेर प्लान्ट नै खराब हुन्छ,’ उनले भने, ‘२४ सै घण्टा चल्ने प्लान्टमा कहिल्यै ब्रेक डाउन हुनु हुँदैन, १ पटक ब्रेक हुँदा २ देखि ३ लाख रुपैयाँ घाटा लाग्न जान्छ ।’ उद्योगको एउटा तेल प्लान्ट पूर्ण रुपले आफै उत्पादित बिजुलीबाट चलाएको उनले बताए । ‘उद्योगमा रहेका ४ वटा प्लान्ट सञ्चालन गर्न दैनिक ६ मेगावाट विद्युत् आवश्यक हुन्छ, तर अहिले दैनिक एउटा प्लान्ट चलेको छ, जुन आफ्नै विद्युत्‌ले धानिएको छ ।’

जडान भएको विद्युत् प्लान्टले दैनिक ५० देखि ६० टन भुस (धानको) खपत गर्छ । धानको भुस स्वदेश र भारतबाट समेत आयात गरेर प्रयोग गरिएको छ । १ महिनामा ५० लाख रुपैयाँ बराबरको भुस र पानी विद्युत् उत्पादन प्लान्टले खपत गर्ने गरेको छ । तै पनि प्राधिकरणको भन्दा सस्तो विद्युत् यो प्लान्टबाट उत्पादन भई रहेको रुगंटाको दाबी छ ।

हालका दिनहरुमा पनि प्राधिकरणको बिजुली दैनिक ५/६ पटकसम्म ट्रिपिङ भइरहेकोमा आफूलाई तेल प्लान्ट बन्द हुने चिन्ता नरहेको उनले बताए । विद्युत् उत्पादन गर्ने प्लान्टमा आफूले करिब १० करोड रुपैयाँ लगानी गरेको उनले बताए । यसका सबै उपकरण भारतमा निर्मित हुन् । प्लास्टिक तथा फलामजन्य वस्तु उत्पादन गर्ने उद्योगले आफूजस्तै विद्युत् उत्पादन प्लान्ट आफैले स्थापना गरेर उद्योगमै विद्युत उत्पादन गर्दा धेरै लाभ हुने रुगंटा दाबी गर्छन् । उद्योगका इलेक्ट्रिकल इन्जिनियर रोहित जोशीकाअनुसार उद्योगमा ३ सिफ्टमा गरी ३० जनाको प्राविधिक टिमले निरन्तर विद्युत् उत्पादनको काम गरिरहेको छ ।

सुरुमा डी मिनिरलाइज प्लान्टबाट उत्पादित पानी अर्को प्लान्टमा पठाएर त्यहाँबाट अक्सिजन हटाउने काम हुन्छ । पानी र बाफको मात्रा ५०/५० प्रतिशत बनाइन्छ । ‘पानी उमाल्ने ड्रममा सामान्यतया पानीबाट बाफ बन्न कम्तीमा ३ घण्टा समय लाग्छ, त्यसपछि १ घण्टामा १६ टन बाफ उत्पादन हुन थाल्छ,’ जोशी भन्छन्, ‘त्यहीं बाफले २ दशमलव २ मेगावाट सम्म विद्युत् उत्पादन गर्न सक्छ ।’

विद्युत् गृहमा रहेको टर्बाइनमा ४ सयदेखि ४ सय ५० डिग्री तापक्रम भएपछि टर्बाइन हावारहित, खाली हुन जान्छ । ‘टर्बाइन हावारहित भ्याकुम बनेपछि ५० मिनेट पछि घुम्न थाल्छ,’ उनले भने, ‘८ हजार ५ सय (आरपीएम) राउण्ड प्रति मिनेटको दरले टर्बाइन घुम्न थालेपछि जेनरेटरले ४ सय १५ भोल्टको बिजुली बनाउँछ ।’ त्यहाँबाट एयर सर्किट ब्रेकर हुँदै पावर डिस्ट्रिब्युसन प्यानलमा पुगेको विद्युत् उद्योगको आवश्यक प्लान्टहरुमा वितरण गरिन्छ ।

इन्जिनियर जोशीले नवलपरासीस्थित चौधरी समूहको चाउचाउ उत्पादन गर्ने उद्योग, जनकपुरस्थित सौर्य सिमेन्ट उद्योग, सुनवलस्थित सर्वोत्तम सिमेन्ट लगायत गरी नेपालका आधा दर्जन ठूला उद्योगहरुले यसरी आफै विद्युत् उत्पादन गरेर उपभोग गरिरहेको बताए । कान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० असार २९,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० असार २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद