Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २३ करोड राजस्व संकलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १८,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयहरुले संकलन गर्ने राजश्वमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०७९÷८० को जेठ महिनासम्ममा मधेश प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले २३ करोड ५३ लाख ६७ हजार ५०० राजस्व संकलन गरेका हुन। कार्यालयहरुका अनुसार कुल ३ लाख ७ हजार ८ सय ७५ वटा सवारी साधन कारबाही गरि उक्त राजस्व संकलन गरिएको हो।

आठ वटा कार्यालयले संकलन गरेको यो राजश्व गत आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष (आर्थिक वर्ष २०७८/७९)मा यी कार्यालयहरुले २ लाख ६४ हजार ३ सय १० वटा सवारी साधनलाई कारबाहि गरी २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेका थिए। जुन रकम चालु आर्थिक वर्षको ११ महिनामा संकलन भएको भन्दा ४.८६ अर्थात १ करोड ९ लाख २७ हजार कम हो।

ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि भित्राएसँगै कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको देखिएको छ। मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’ भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता तथा पारदर्शिता बनाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको मधेश प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।

चालु आर्थिक वर्षमा ‘सिसीटिभी विथ राडर गन’ प्रविधि प्रयोगबाट १ हजार ६२३ सवारीसाधन जाँच कारबाही गरिएको छ । जसबाट मात्रै १३ लाख ८ हजार राजस्व सङ्कलन भएको छ। ‘सीसीटिभी विथ राडर गन’ले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज भएको त्यहाँका ट्राफिक प्रहरीहरु बताउँछन् ।

सबैभन्दा बढी राजश्व संकलन थपलैयाबाट

मधेश प्रदेशका अन्य जिल्ला ट्राफिक प्रहरी कार्यालयको तुलनामा समिक्षा अवधिमा सबैभन्दा बढी राजस्व पथलैयाले संकलन गरेको छ। यस ट्राफिक प्रहरी कार्यालयले सबैभन्दा बढी २ करोड ४६ लाख १६ हजार राजश्व संकलन गरेको हो।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले दुई करोड २१ लख १७ हजार, सिरहाले तीन करोड ३४ लाख १ हजार, धनुषाले दुई करोड २४ लाख ६४ हजार, महोत्तरीको दुई करोड ७९ लाख ७५ हजार ५ सय, सर्लाहीले दुई करोड १३ लाख ५८ हजार, रौतहटले दुई करोड ७१ लाख ६ हजार, बाराले दुई करोड ६६ लाख ९३ हजार र पर्साले दुई करोड ९६ लाख ९३ हजार राजस्व संकलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रहरी कार्यालय थपलैयाका अनुसार ट्राफिक कार्यालयहरुले सवारी चालकहरुलाई जरीवाना मात्रै नगरी देशभर सचेतना कार्याक्रमहरु समेत गर्दै आएको जनाएको छ। समिक्षा अवधिमा प्रदेश भरिका आठवटै जिल्लामा ५ हजार २२२ सचेतना कार्यक्रम सञ्चालन गरेको र सो कार्यक्रमबाट ४ लाख ४४ हजार ५ सय एक जना सवारी चालक लाभान्वित भएका कार्यालयले जनाएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० असार १८,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० असार १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद