Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जेठ २२ गतेसम्म ३ लाख मेट्रिक टन मल नेपाल भित्रियो, थप १ लाख टन समयमा आए अभाव नहुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंं । चालु आर्थिक वर्ष २०७९/०८० को जेठ २२ गतेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ। १ लाख ४ हजार ५ सय मेट्रिक टन भने आउन बाँकी रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा हाल हरेक वर्ष ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। विगतको अनुभव हेर्दा सरकारी स्रोतबाट ४ लाख मेट्रिक टन मल आयात हुँदा अभाव नदेखिएको उनको भनाइ छ।

यस्तै मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले राष्ट्रिय सभा अन्तर्गतको एक बैठकमा बोल्दै कृषकको लागि आवश्यक रासायनिक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेकाले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका थिए। साथै अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागेको समेत उनले बताएका थिए।

यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको र ५५ हजार मेट्रिक टन खरिद सम्झौता हुन बाँकी रहेको उनको भनाइ थियो।

समयमा मल आए अभाव नहुने

चालु आर्थिक वर्षमा रासायनिक मल अनुदानको लागि ३८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन तथा स्रोत सुनिश्चित भएको थियो। जसमध्येबाट मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई जिम्मा दिइएको थियो।

टेण्डर आह्वान/सम्झौता गरेका कम्पनीले अहिलेसम्म ३ लाख ३ हजार मेट्रिक टन मल ल्याइसकेका छन्। जसमध्ये गत आर्थिक वर्षको बाँकी मौज्दात सहित जम्मा २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भइसकेको छ। ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको छ भने अझै ठूलो परिणममा मल आउन बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ। जस अनुसार समयमै मल आइपुगे बाली लगाउने बेलामा अभाव नहुने देखिएको छ।

जसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालको लागि चलान हुँदै गरेको र सोमध्ये केही मल वीरगञ्ज आइसकेको मन्त्रालयले बताएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोताबाट नेपालको लागि चलान हुँदै गरेको बताएको छ। सोमध्ये केही मल नेपाल भित्रिसकेको छ भने २५ हजार मेट्रिक टन डीएपी मल जेठ अन्तिमसम्म आइपुग्ने कम्पनीले जानकारी गराएको मन्त्रालयले बताएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास भारतको विशाखापट्नम आइसकेको र भारत सरकार डिपार्टमेन्ट अफ फेर्टिलाइजरले पुनः निर्यात अनुमति दिएपछि नेपालको लागि चलान हुने जानकारी प्राप्त भएको बताएको छ।

साल्ट ट्रेडिङले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मलका लागि जहाज चीनको लोड पोर्टमा लोडिङको क्रममा रहेको र सो मल जेठ ३२ सम्ममा कोलकाता आइपुग्ने जानकारी प्राप्त भएको बताएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने ३० हजार मेट्रिक टन युरियाको र २५ हजार मेट्रिक टन डीएपी मलको बोलपत्र सम्झौता भई प्रतितपत्र खोल्ने कार्य सम्पन्न भई समान सिपमेन्टको लागि जहाज लोड पोर्ट जाँदै गरेको जानकारी प्राप्त भएको बताएको छ।

मलको मूल्य कति?

सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलको आयात विन्दुको बिक्री मूल्यः युरिया प्रति केजी १४ रुपैयाँ, डीएपी प्रति केजी ४३ रुपैयाँ र पोटास प्रति केजी ३१ रुपैयाँ रहेको छ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालयहरुको बिक्री मूल्य आयात बिन्दुको लागि तोकिएको मूल्यमा प्रति केजी १ रुपैयाँ, सञ्चालन खर्च र आयात बिन्दुदेखि बिक्री केन्द्रसम्मको लागि ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

सहकारी एग्रोभेट तथा विभिन्न संस्थाहरु (डिलर)मार्फत गरिने रासायनिक मलको बिक्री मूल्य कृषि कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कार्यालयको मूल्यमा सञ्चालन खर्च र १ प्रति केजी थप गरी ढुवानी भाडा जोडी बिक्री मूल्य निर्धारण हुने व्यवस्था रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद