Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिलो पाइला नेपाल वीरगञ्ज शाखाको अध्यक्षमा मधु प्रजापति

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाको वीरगञ्ज शाखाले नयाँ कार्यसमिति चयन गरेको छ । मधु प्रजापतिको अध्यक्षतामा संस्थाले प्रथम अधिवेशनबाट १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिबार वीरगञ्जस्थित टाउन हल पार्टी प्यालेशमा सम्पन्न पहिलो पाइला नेपाल वीरगञ्ज शाखाको पहिलो अधिवेशनले सर्वसहमतिबाट प्रजापतिको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको संस्थाका निवर्तमान अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मनिष चालिसे, दोस्रो उपाध्यक्षमा राज साह कानु, सचिवमा भक्ति अग्रवाल, सह-सचिवमा म. इमरान अली, कोषाध्यक्षमा राहुलकुमार साह र सह-कोषाध्यक्षमा रोहित गुप्ता रहेका छन् । त्यस्तै सदस्यमा कृति श्रेष्ठ, विज्ञा चालिसे, प्रियानी माझी, सत्यप्रकाश कुमार, म. इर्साद अन्सारी र माधवी गुप्ता रहेका छन् ।

संस्थाकी केन्द्रीय अध्यक्ष प्रतिभा जेसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापति संस्थाका निवर्तमान अध्यक्ष निश्चल प्रजापति रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जेसी, शिक्षाविद् एवम् समाजसेवी डा. सुष्मा तिवारी द्विवेदी, विद्यार्थी नेता शिवम साह लगायतले आफ्नो मन्तव्य राख्दै नव निर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामनासहित बधाई दिए । वक्ताहरुले संस्थाले गरिरहेको कामलाई निरन्तरता दिँदै आगामी दिनमा आफ्नो कार्यक्षेत्रलाई अझै फराकिलो बनाउन आग्रह गरे ।

विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्नुका साथै अन्य सामाजिक क्रीयाकलापमा समेत आफ्नो दह्रो उपस्थिति जनाउँदै पहिलो पाइला नेपाल वीरगञ्ज शाखा छोटो समयमै एउटा प्रतिष्टित संस्था बन्न पुगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद