Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हनुमानका लागि हरेक हलमा एक सिट खाली राख्दै ‘आदिपुरुष’ टिम 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।

यसैबीच निर्माण टिमले फिल्म प्रदर्शन हुने प्रत्येक हलमा एक सिट खाली राख्ने निर्णय गरेका छन्।

‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन्। यस विश्वासलाई सम्मान गर्दै प्रभासको फिल्म आदिपुरुष जहाँ प्रदर्शन हुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ टिमले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

यो फिल्म बन्ने घोषणा भएदेखि नै चर्चामा थियो। फिल्म कहिले प्रदर्शन हुन्छ भनेर दर्शकहरू प्रतीक्षामा थिए तर फिल्मको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना खेप्नुपर्‍यो।

फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टिमको आलोचना समेत भएको थियो।

त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए।

नकारात्मक टिप्पणीपछि निर्माण टिमले पुनः भिएफएक्स गरेर ट्रेलर सार्वजनिक गरिसकेका छन्। भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार फिल्म ५ सय करोड भारूमा बनेको हो।

आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ।

यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद