Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अत्याधिक गर्मीका कारण वीरगञ्जका स्कूल ८ दिनको लागि बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे वीरगञ्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरु शुक्रबारदेखि ८ दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै वीरगञ्ज महानगरपालिकाकाे कार्यालयले बुधबार एक सूचना जारी गर्दै जेठ १९ देखि जेठ २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मकाे पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पैडेलले जारी गरेकाे सूचनामा बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि ८ दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे उल्लेख छ ।

अत्याधिक गर्मीका कारण पर्साका विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामै बेहोशपनि हुन थालेका छन् ।

पर्सा, बारालगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४३ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यश क्षेत्रकाे जनजिवन नै प्रभावित भएको छ ।

बुधबार पर्साको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा एक जना छात्रा गर्मीका कारण बेहोश भएकी छन् । पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा बुधबार एक छात्रा कक्षाकोठामै बेहोश भएकी हुन् ।

कक्षा ४ मा पढ्ने साहबुन नेशा अत्याधिक गर्मीका कारण बुधबार बिहान ९ बजे कक्षाकोठामै बेहोश भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए । उनलाई उपचारका लागि वीरगञ्जको अस्पतालमा पठाइएको दासले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद