Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १९ जना कैदीबन्दी रिहा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज कारागारबाट १९ जना कैदीबन्दीलाई रिहा गरिएको छ । आज गणतन्त्र दिवसको अवसरमा विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका १४ जनालाई कैद मिनाहा र ५ जनालाई आममाफी दिईएको हो ।

चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको पचास प्रतिशत भुक्तान गरिसकेकाहरुलाई रिहा गरिएको कारगारले जनाएको छ ।

रिहा हुनेहरु सवारी ज्यान मुद्दाका, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायत गरि जम्मा १९ जना रहेको वीरगन्ज कारागारका सुचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो ।

कैदी मिनाहा हुनेहरुमा रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, चन्दन कुमार, श्याम महतो कोईरी, नागेन्द्र प्रसाद कलवार, प्रज्जवल तिवारी लगायतका रहेका छन् ।

भने आम माफीतर्फबाट प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत, र मुनिलाल साह कानुलाई बिदाई गरिएको बर्तौलाले बताउनुभयो । उनीहरुलाई बिदा गरेसँगै अब कारागारमा १ हजार ४ सय ४२ जना कैदीबन्दी रहेको उहाँको भनाई छ ।

कारागारले गणतन्त्र तथा प्रजातन्त्र दिवसको अवसरमा चालचलनमा सुधार र ५० प्रतिशत सजाय कटाईसकेकालाई रिहा गर्ने चलन छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद