Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक विद्यालयको अनुगमन कडा गर्दै महानगर, सोमबार १३ जना शिक्षकसँग स्पष्टिकरण माग 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ८ जेठ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ ।

विद्यालयमा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले कडाई गर्न महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।

आइतबार अनुगमनका क्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ जना शिक्षकलाई कारबाही गरेको महानगरले सोमबार छुट्टाछुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको छ ।

सोमबार बिहान गएको अनुगमन टोलीले वीरगञ्जको माइस्थान विद्यापिठ मा.वि.मा ८ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।

यस्तै अनुगमन टोलीले वडा नम्वर १७ अलौमा रहेको श्री द्वारदेवी मा.वि.मा पनि ५ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।

विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनुभयो ।

द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली नै नियन्त्रणमा लिएको छ ।

महानगरले विद्यार्थीसँग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसँग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताउनुभयो ।

टोलीले आजै पावरहाउस क्षेत्रमा रहेको सिद्धार्थ मा.वि.को समेत अनुगमन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद