Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आगलागी र वन डढेलोका घटनाबाट यो महिना १६ जनाले ज्यान गुमाए, ६५ जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । आगलागी तथा वन डढेलोका घटनाबाट यो महिनामा १६ जनाले ज्यान गुमाएका छन् । ६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको १ गतेदेखि हिजोसम्म देशभर ५ सय २७ वटा आगलागी र ९४ वटा वन डढेलोका घटना भएका छन् ।

आगलागीमा ११ जना र डढेलोमा परेर ५ जना गरी १६ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना पनि बढ्न थालेका छन् । एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ वटा घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको छ । आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।

आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ । आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायविना त्यस्तो ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा बताउनुहुन्छ । दमकल तथा अन्य साधन स्रोत उपलब्ध भए आगो निभाउन सहज हुन्छ । तर दमकल नपुग्ने र आगो निभाउन चाहिने साधन स्रोत नभएका ठाउँ वा वन जङ्गलमा लागेको डढेलो निभाउन हम्मेहम्मे पर्छ ।

काठमाण्डौ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख, नगर प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान दिन सके मात्रै पनि जोखिम कम हुन्छ । उहाँका अनुसार हावाको बहाव जुन दिशातर्फ छ त्यसैतर्फबाट आगो निभाउन जुट्नुपर्छ । हावाको बहाव विपरीत जाने, जङ्गलको तल डढेलो लागेको छ भने माथिबाट निभाउने गल्ती गर्नु हुँदैन ।

आगो वा डढेलो फैलिँदा भाग्ने ठाउँको सुनिश्चित गर्न पनि काठमाण्डौ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख पण्डितको आग्रह छ । दिउँसो घाम चर्केका बेला डढेलो तथा आगो थप फैलने हुँदा सबैभन्दा पहिला आफू सुरक्षित हुनेतर्फ नै ध्यान दिन उहाँको सुझाव छ ।

घरमा आगलागी भएको छ भने त्यसबेला निभाउन खटिनेले आगोको जोखिमसँगै अन्य वस्तु, घरको छत, गारो, पर्खाल खसेर हुनसक्ने क्षतितर्फ पनि ध्यान दिनुपर्नेमा विज्ञको जोड छ । घर तथा भवन साँघुरो छ भने आगलागीका बेला अक्सिजन नै नपाएर पनि उद्धारकर्ताको ज्यान जोखिम हुन सक्छ । डढेलो तथा आगलागी नियन्त्रणमा खटिनेले सकेसम्म आगो र तातोले तत्काल नटिप्ने खालका कपडा, जुत्ताचप्पल लगाउन विज्ञको सुझाव छ । उद्धारकर्ताले आफूसँग आगो निभाउने अरु सामग्री छन् की छैनन् भनेर पनि ध्यान दिनुपर्छ ।

धेरैजसो अवस्थामा आगो पानीले नै निभाउन सकिन्छ तर कतिपय अवस्थामा पानीले मात्रै पनि आगो निभ्दैन त्यसबेला अरु उपकरणको तत्काल खोजी र व्यवस्थापन गर्नुपर्ने हुन सक्छ। गाउँघरमा उपलब्ध सामग्री तथा फायर पम्प प्रयोग गर्न सकिन्छ ।

जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिन्छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठूटा जथाभाबी नफाल्ने, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि विज्ञको आग्रह छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद