Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्थानिय

एसिया कपमा छनौट भएको खुसियालीमा बाराको कलैयामा दीप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १९,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा । एसिसी प्रिमियर कपको उपाधी जित्दै नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपमा छनौट भएको खुसियालीमा मंगलबार साँझ बाराको कलैयामा दीप प्रज्वलन गरिएको छ ।

नेपालको जित ऐतिहासिक रहेको भन्दै कलैया क्रिकेट क्लबको आयोजनामा भरत चोकमा दीप प्रज्वलन गरिएको हो । नेपालले फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधी जितेको थियो ।

उक्त उपाधी जितेसंगै नेपाल आगामी एसिया कपका लागि छनौट भएको हो । नेपालले अब एसिया कपमा भारत, पाकिस्तानसंग खेल्नेछ ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाली क्रिकेटलाई थप उचाईमा पुर्याउन एसिया कप महत्त्वपूर्ण रहने बताउदै दीप प्रज्वलनका सहभागीले नेपालको जित ऐतिहासिक रहेको बताएका छन् ।

दीप प्रज्वलनमा कलैया क्रिकेट क्लबका पूर्वकप्तान कुमार थापा, पूर्व राष्ट्रिय खेलाडी जट्टाशंकर सरार्फ, कलैया जेसिजका पुर्व अध्यक्ष धनिलाल सरार्फ, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, संचारकर्मी तथा पूर्व खेलाडी साजिर मन्सुरसहित क्लबका खेलाडी र खेलप्रेमी सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० बैशाख १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद