Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एकैदिनमा ११ जना बिचौलिया वीरगञ्जको यातायात कार्यालयबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२१चैत।  वीरगन्ज स्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एकैदिन १० जना बिचौलियालाई पक्राउ गरेको छ ।

कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गराइदिने प्रलोभन दिएर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिड्ने कार्यमा संलग्न १० जना बिचौलियालाइ मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका १२ का २५ वर्षिय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षिय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षिय दिपलाल साह, त्यहि वडाका ४६ वर्षिय , वडा नम्बर ३ का ३७ वर्षिय रन्जित गुप्ता , वडा नम्बर ११ का २३ वर्षिय लालबाबु महत्तो , त्यहि वडाका ४५ वर्षिय राजेश लामा रहेका छन् ।

यस्तै पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ४ का ४० वर्षिय राजेश महतो , बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षिय दरोगा दास र बाराकै प्रसौनी गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिय मुकेश साह,.जि.बारा प्रसौनी गा.पा.वडा नं.३ नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मा लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा बिचौलीयाहरुले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो ।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरुलाइ नियन्त्रणमा लिइएको बुढाथोकीले बताए ।

नियन्त्रणमा लिइएका बिचौलीयाहरुलाई प्रहरीको हिरासतमा राखेर उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद