Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

व्यवसायीक कृषिका लागि तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ८,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०८ माघ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कृषकलाई सम्पन्न बनाउन व्यवसायीक कृषि खेतिलाई अगाडी बढाउनुपर्ने भन्दै त्यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

वीरगञ्जको वडा नम्वर ३१ र ३२ का स्थानीय कृषकले सोलकपुरमा संयुक्त रुपमा स्थापना गरेको हरियाली कृषक समूहको आइतबार उद्घाटन गर्नुहुँदै प्रमुख सिंहले यस्तो बताउनुभएको हो ।

‘बढी प्रतिफल प्राप्त हुने तरकारी तथा नगदे बाली व्यवसायीक रुपमा लगाउन महानगरले आवश्यक सहयोग गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ ।’

उहाँले यस्ता कृषी समूह तथा सहकारीहरुले आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा वडा नम्वर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले ग्रामिण क्षेत्रको रुपमा रहेको महानगरको ३१, ३२ वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरेका थिए ।

३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ ।

संकलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषिकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेश साह सोनारले जानकारी दिए ।

संस्थाका अध्यक्ष अब्दुल बराकत अंसारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शेष भिखारी, इमामुल अन्सारी, मैना देवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अंसारी, पुजा देवी राम, सावित्री कार्की, मुक्ति चौधरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ माघ ८,आईतवार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ माघ ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद