Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेयर घरदैलो स्वास्थ्य शिविर जारी, प्रसौनीमा आजबाट सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२४ पुष । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर आजबाट वडा नम्वर २३ प्रसौनी विर्ता आइपुगेको छ ।

प्रसौनी विर्ताको स्वास्थ्य चौकीमा शिविर सुरु गरिएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रितेश जयसवालले जानकारी दिए ।

शिविरमा निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत निशुल्क वितरण हुँदै आएको छ । शिविरमा फिजिसियन उमेश सर्राफ, बालरोग विशेषज्ञ सागर गुप्ता र स्त्री रोग विशेषज्ञ जिन्नातुन नेसाले सेवा दिइरहेका छन् ।

यस्तै गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले शिविर संचालन भएकै स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरिएको छ ।

शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ ।

बिहान १० बजेदेखि सुरु हुने शिविर बेलुका ५ बजेसम्म संचालन हुने छ । यस अघि महानगरका विभिन्न ९ वटामा शिविर सम्पन्न भइसकेको छ । जसमा १० हजार भन्दा बढीले निशुल्क स्वास्थ्य जाँच गराउनुका साथै औषधी प्राप्त गरेका छन् ।

महानगरका ग्रामिण क्षेत्रका वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । घरदैलोमै पुगेको शिविरमा आफ्नो स्वास्थ्य जाँच गराएर लाभ लिन सबै वडावासिलाई उनले आग्रह पनि गरेका छन् ।

ग्रामिण क्षेत्रका आफ्ना नागरिक बजार धाइरहनु पर्ने बाध्यतामा नरहुन भनेर शिविर चलाइएको पनि उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ पुष २४,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ पुष २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद