Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

जाडोमा हिटर धेरै ताप्नुहुन्छ ? हुनसक्छ यस्तो गम्भीर समस्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १९,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ पुष । बढ्दो चिसोबाट बच्न हामी सबैले हीटर र ब्लोअर जस्ता उपकरणहरू प्रयोग गर्ने गर्छौं। जसले शरीरलाई न्यानो राख्न मद्दत गर्दछ। तर के तपाईलाई थाहा छ शरीरलाई कृत्रिम ताप दिने यी उपकरणहरुको अत्यधिक प्रयोगले तपाईका लागि गम्भीर समस्या निम्त्याउन सक्छ? । स्वास्थ्य विज्ञहरूका अनुसार हिटर र ब्लोअरबाट निस्कने तातो हावाले हाम्रो छाला र आँखामा हानी पुग्ने गर्दछ ।

हिटरबाट निस्कने हावाले तपाईंको वरपरको हावामा रहेको आर्द्रतालाई कम गर्छ। जसका कारण हावा सुख्खा हुने, छाला सुख्खा हुने, चिलाउने जस्ता समस्या हुन सक्छ । यसका साथै यसबाट निस्कने हावाले आँखाको ओसिलोपनलाई पनि असर गर्ने गर्दछ । जसका कारण मानिसको आँखा सुख्खा हुने र यससँग सम्बन्धित अन्य समस्या हुन सक्छ। यस्ता छन् अन्य समस्याहरुः

आँखा सुख्खा हुने समस्या बढ्छ– जाडो मौसममा आँखा सुख्खा हुने समस्या बढ्नुको एउटा कारण हिटरबाट निस्कने तातो हावाका कारण हुन सक्ने नेत्ररोग विशेषज्ञहरु बताउँछन् । कारको हिटरबाट निस्कने हावाले वातावरणलाई सुक्खा बनाउँछ, जसले यस्ता व्यक्तिको समस्या झनै बढाउँछ। यस्तो समस्यालाई बेवास्ता गर्दा धेरै दीर्घकालीन साइड इफेक्ट पनि हुन सक्छ।

सुख्खा आँखामा, आँखा चिलाउने र रातो हुने समस्या – आँखा सुक्खा हुन्छ जब आँखाले पर्याप्त आँसु उत्पादन गर्दैन वा आँखालाई लुब्रिकेट गर्न गुणस्तरीय आँसुको कमी हुन्छ। यस अवस्थामा, आँखामा रातो, चिलाउने वा पोल्ने हुन सक्छ।

यस्ता समस्याबाट कसरी बच्नेः

हिटर जस्ता उपकरणको प्रयोग गर्दा केही कुरालाई ध्यानमा राखेर साइड इफेक्टबाट बच्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । ध्यान राख्नुहोस् कि तातो हावा शरीर, विशेष गरी आँखा संग प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन। बारम्बार आँखा झिम्काउने अभ्यास गरिरहनुहोस्। यसो गर्नाले आँखाको कोमलता कायम रहन्छ ।

आँखालाई जोगाउन चश्मा पनि लगाउन सकिन्छ । अन्य साइड इफेक्टहरूबाट बच्न शरीरलाई हाइड्रेटेड राख्नुहोस्। तपाईंको आँखासहित तपाईंको सम्पूर्ण शरीरलाई स्वस्थ राख्नको लागि प्रशस्त पानी पिउनु आवश्यक छ।

आँखा सुख्खा हुने लक्षण देखिए के गर्ने ?:

आँखा सुख्खा हुने समस्या छ भने आँखा सफा राखेर राम्रो आँखा चिकित्सकलाई सम्पर्क गर्नुहोस्। चिकित्सकको सल्लाहमा आँखाको ड्रपको सहायताले यो समस्याको समधान गर्न सकिन्छ । आँखाको सुख्खापन हटाउन आँखा झिम्काउने व्यायाम, उचित पोषण र समयमै औषधिको सहयोगले विशेष फाइदा लिन सक्छ।

हिटर ताप्दा अपनाउनु पर्ने सावधानीहरु:

–तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्नु पर्दछ।

–बन्द कोठामा हिटर अन गरेर बाहिर निस्किनुहुँदैन। किनकी यसबाट कोठा कार्बन मोनोअक्साइड ग्यासले भरिन्छ। यो मानिसको लागि निकै हानिकारक हुन्छ ।

–हिटर चलाएर पनि कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ। मुटु, श्वासप्रश्वासका समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन।

–यदि हिटर ताप्नुपर्नेबाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ। साथमा तातोपानी चिया, कफी, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस्।

–समय–समयमा चलिरहेको हिटर बन्द गरिरहनुपर्छ। हिटर बलेको वेला हावा ओहोरदोहोर हुनेगरी झ्याल वा ढोका खुला राख्नुपर्छ। हिटर नजिक बस्नुपर्ने अवस्था छैन भने बन्द गर्दा नै बेस।

कस्ता समस्या देखिन्छन्:

– हिटरबाट निस्कने कार्बन मोनोक्साइडले शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने गर्दछ।

–हिटरमा बसिरहदा मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्ने चिकित्सकहरु बताउँछन् ।

–मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्। यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्छ । सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०७९ पुष १९,मंगलवार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ पुष १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद