Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मापदण्ड विपरित संकल्प लोक सेवा, विद्यार्थी लुटिदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा अनुमति विना नै दजैनो शैक्षिक संस्था संचालनमा रहेको छ । कानुनको दायरामा नआएका यस्ता संस्थाले मनपरी शुल्क समेत असुल्ने गरेका छन् । वीरगंज माहनगर भित्र यस्ता शैक्षिक संस्थाको विगविगी देखिएपनि सम्बन्धित निकायले कुनै कारबाही गर्न सकेको छैन ।
एउटा उदाहरणको रुपमा, संकल्प लोक सेवा क्लास ईन्स्टिच्युटलाई लिन सकिन्छ ।
यो शैक्षिक संस्था सम्बन्धित निकायमा अनुमति नै नलिई सञ्चालनमा रहेको पाईएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर यो संस्थाले शैक्षिक परामर्श ,लोक सेवा ९खरिदार देखि शाखा अधिकृत ०,प्रहरी सेवा तर्फ ९ प्रहरी जवान देखी इन्सपेक्टर ०, शिक्षक सेवा ९प्रा।वि देखि म।वि ० बंैक सेवा, तथा स्वस्थ्य सेवा तर्फ एनमी र सिएमएसम्को कक्षा सञ्चालन गर्दै आएको छ ।

संकल्प लोक सेवा कलासले मापदण्ड विपरित जिल्ला सहकारी संघ लि को भवनमा कक्षा संचालन गर्ने गरेको छ । श्रीमति शोभा देवी साहको नाम दर्ता रहेको संकल्प लोक सेवा कलास श्रीमान अशोक साहले मापदण्ड प्रकृया पुरा नगरी संघको भवन भाडामालाई संचालन गर्दै आएका हुन् ।

यस्ता परामर्श तथा कक्षा तैयारी केन्द्र वीरगञ्जमा दर्जनौंको संख्यामा सञ्चालनमा छ । तर वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सा मौन छ । मापदण्ड प्रक्रिया पुरा नगर्ने, आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्था नगरी खुल्ने यस्ता शैक्षिक संस्थाले बारा र पर्साका हजारौ विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेका छन् । सम्बन्धित निकायको फितालो अनुगमनका कारण वीरगञ्ज भित्र अबैध ईन्स्टिच्युटको विग विगी बढेको भन्दै शैक्षिक क्षेत्रका अगुवाले चिन्ता व्यक्त गरेका छन् ।

पर्साको सदरमुकाम भएका कारण वीरगञ्जमा विद्यार्थीको आर्कषण बढी छ । संकल्पले वीरगञ्ज महानगरपालिकाबाट कुनै अनुमति नै नलिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । जबकी शिक्षा ऐन ९संशोधन सहित० २०२८को दफा १६ ९ढ० मा “कसैले पनि यस ऐनबमोजिम अनुमति नलिइ शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा वा विदेशी मुलुकमा सञ्चालित कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने छैन ।” उल्लेख छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०७९ पुष १७,आईतवार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ पुष १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद