Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पचरौता नगरवासीले निशुल्क रगत पाउने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १४,बिहीबार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

१४ पुस, वीरगंज
बाराको पचरौता नगरपालिकाले जनतालाई निस्शुल्क रगत उपलब्ध गराउने भएको छ । पालिकाको नगर स्तरिय योजना अन्तर्गत पालिकाले आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निस्शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको छ ।

नगरपालिका मेयर जलन्धर सिंह जैसवारको रोहवरमा भएको सम्झौतामा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत महेश कुमार मिश्र र रेडक्रस पर्साको तर्फबाट सभापति विरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र पालिका मेयर जलन्धर सिंह जैसवार र रेडक्रस पर्साको सभापति विरेन्द्र राज कँडेलले एकआपसमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकामा कार्यरत परिचय पत्रको आधारमा रक्तसंचार केन्द्रले निस्शुल्क रगत उपलब्ध गराउनु पर्ने छ साथै पालिकाले जानकारी गराएमा नेपालका रेडक्रसबाट संचालित रक्तसंचार केन्द्रमा पनि पर्सा रेडक्रसले समन्वय गरि निस्शुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवा शुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा सभापति विरेन्द्र राज कँडेलले पालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई रेडक्रसले विपद, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुका साथै रेडक्रसले निर्माण गर्न लागेको आधुनिक रक्तसंचार केन्द्र भवनका लागि सहयोग गर्न अनुरोध गर्नु भएकोमा पालिका मेयरले रक्तसंचार केन्द्र भवनका लागि यथासक्य सहयोग गर्ने बताउनुभयो ।

सम्झौता हस्तान्तरण कार्यक्रममा रेडक्रस पर्साको उपसभापति मधु राणा‚ पचरौता नगरपालिकाका उपमेयर नसिमा खातुन, वडाध्यक्ष लक्ष्मी यादव‚ स्वास्थ्य शाखा प्रमुख नवल किशोर यादव‚ प्रेस सल्लाहकार निखिल पासवान‚ रेडक्रस पर्साका नि। कार्यालय प्रमुख बिरशमसेर कुर्मीको उपस्थिति रहेको रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसियाले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १४,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद