Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शैक्षिक क्षेत्र सुधारका लागि शिक्षालाई राजनीतिकरण नगरौँ – मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २८,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२८ मंसिर ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र सुधारका लागि सबैको साथको आवश्यकता रहेको बताउनुभएको छ ।
संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारण गर्ने काम नेपालमै पहिलो पटक गरिएको भन्दै उनले यसलाई कार्यान्वयनमा लैजान एकअर्कासँग हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारण सभालाई सम्बोधन गर्दै मेयर सिंहले संस्थागत विद्यालयको स्तरीकरण र शुल्क निर्धारणले शिक्षामा आमुल परिवर्तन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
मेयर सिंहले महानगरले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउनुहँदै केही कमी कमजोरी र असन्तुष्टी भएमा सच्याउँदै जान सकिने पनि बताउनुभयो ।
‘निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धी हो । यसमा केही त्रुटी पनि होलान्,’ मेयर सिंहले भने, ‘उचित असन्तुष्टीलाई समाधान गर्दै र त्रुटीहरुलई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकियो भने वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्नेमा म ढुक्क छु ।’
केही व्यक्तिले अनावश्यक रुपमा शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास गरिरहेको भन्दै मेयर सिंहले राजनीति नै गर्ने भए दलमा आएर खुला रुपमा राजनीति गर्न पनि आग्रह गरे । आफूले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको भन्दै उहाँले यसमा सबैले साथ दिन अनुरोध गर्नुभयो ।
विद्यालयमा शूल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उहाँले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ, सहयोग र सुझाव दिनुपर्ने बताउनुभयो ।
प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको संयुक्त सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ मंसिर २८,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ मंसिर २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद