Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी स् मन्त्री खापुङ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १८,आईतवार
A A
file pic

file pic

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताउनुभयो ।

आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “ चेतनास्तर सहर, गाउँ र समुदायपिच्छे फरक छ । महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो ।”

सीमित स्रोतसाधनका बाबजुत ओसिएमसिले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उहाँले बताउनुभयो । यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी०बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिनुभयो । गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो ।

कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको सङ्ख्या बढी छ । “गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै हुनुहुन्छ । नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ । त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्”, उहाँले भन्नुभयो ।

ओसिएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै छ सय ५१ वटा सामाजिक हिंसाका पीडित छन् । त्यसबाहेक बालविवाहसम्बन्धी तीन सय १८, बहुविवाहसम्बन्धी एक सय ३९, बालश्रमसम्बन्धी एक सय ८१ घटना छन् । साथै, दाइजोसम्बन्धी एक सय २२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका एक सय ६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छ । यसबाहेक अन्य कारणले एक हजार ८० हिंसा भएको मन्त्रालयको भनाइ छ । (रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद