Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुगौली वीरगन्ज २६ मा पनि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” सन्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १२,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१२ मंसिर – जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले सन्चालित “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीको स्वास्थ्य चौकीमा सोमबार देखि शुरु भएको छ ।

महानगरका विभिन्न वडामा सन्चालित “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” सोमबार देखि वडा नम्बर २६ मा शुरु गरिएको हो । त्यहा पहिलो दिन सोमबार ८१ जना महिला सहित १४२ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।त्यसक्रममा चिकित्सकको सल्लाह र आवश्यकता अनुसार ४० जनाले ल्याब परिक्षण र ८ जनाले यु। एस। जी सेवा समेत लिएका छन् ।

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उदेश्यले सन्चालन गरेको कार्यक्रम यसअघि वडा नम्बर १७, १८, ३०, ३१ र ३२ गरि ५ वटा वडामा सम्पन्न भइसकेको छ । बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निःशुल्क औषधी पनि वितरण हुदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यसअघि सन्चालन गरिएको पाँच वडामा उपलब्धिमूलक रहेको मेयर राजेशमान सिंहले बताए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रर्बधन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।
वडा नम्बर २६ मा सोमबार देखि शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यहीँ साताको बिहीबार सम्म चल्ने भएकोले स्वास्थ्य समस्या झेलिरहेका स्थानीयलाई शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन मेयर सिंहले आग्रह पनि गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद