Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ११,आईतवार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ मङ्सिर । नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जार्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीहरुबाट प्रस्ताव माग गरेको थियो । प्रस्ताव आह्वान गरिएको म्यादभित्र दर्ता हुन आएका प्रस्तावहरुमध्ये प्राधिकरणको मूल्याङ्कनबाट सात कम्पनीलाई छनोट गरिएको हो ।

लघु जीवन बीमा व्यवसाय गर्नका लागि प्रस्ताव छनोट भएका कम्पनीमा मोरङको बिराटनगर–७ मा मुख्य कार्यालय रहेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।

लघु निर्जीवन बीमा व्यवसायतर्फ रुपन्देहीको बुटवल–२ मा प्रधान कार्यालय रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, चितवनको भरतपुर–१ मा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, धनुषाको जनकपुरधाममा प्रधान कार्यालय रहेको स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलालीको धनगढी–३ मा प्रधान कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रस्ताव छनोट गरिएको छ ।(रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत
मुख्य समाचार

ज्ञान बटिका प्राविधिक तथा मेडिकल साइन्सेसमा नवप्रवेशी विद्यार्थी स्वागत

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०७९ मंसिर ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद