Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा देखि बृद्ध भन्छन् : यसपालि पर्सा २ मा हाम्रो भोट चौरसिया र पटेललाई

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०९ कार्तिक : मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवारहरु प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ ।

चुनावी प्रचार प्रसारका क्रममा मतदाताको घरदैलोमै पुगेर भेटघाट तिब्र परेका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेललाई युवा देखि बृद्ध सम्मका मतदाताले आफनो दैलोमा स्वस्फूर्त रुपमा स्वागत गर्दै समर्थन जनाइरहेका छन् ।
बुधबार बहुदरमाइ नगरपालिकाको वडा नम्बर ४ नगरदाहामा आयोजित चुनावी घरदैलोका क्रममा मतदाताहरुले दुवै उम्मेदवारलाई टिका नै लगाएर जितको आशीर्वाद समेत दिए ।
चौसियालाई टिका लगाएर जितको आशीर्वाद दिदै स्थानीय ८० बर्षका बृद्ध शीव चन्द्र रामले भने ,‘ यसपालि हामीलाई विकासप्रेमी र हाम्रो दुखसुखमा संगै रहने नेता चाहिएको छ , यसअघि जितेका नेता त चुनाव पछि गाँउ फर्किएर मुख पनि देखाउन आएनन् ।
चौरसिया विगतमा पदमा रहदा होसु वा नरहदा होस् हरेक दुखसुखमा जनताको माझमा नै बस्दै आएको र क्षेत्रको विकासका लागि पनि लागि परेको नेता भएका कारणले यसपालि उनको जित सुनिश्चित भएको रामले बताए ।
चौरसियासंगै यसपालि प्रदेशसभा सदस्यको उम्मेदवारमा युवा नेता पटेललाई पनि पाएकाले पटेल प्रति पनि गाँउका जनताको लहर रहेको रामले बताए । उनले भने ,‘ अरु सबै पार्टी खतम छन् , यो देशका लागि केहि गर्ने पार्टी भनेकै काँग्रेस रहेछ , त्यस कारण हाम्रो भोट काँग्रेसलाई नै जान्छ ।
मातदाताको स्वागत र समर्थनले आफुलाई झन् उत्साहित बनाएको प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले बताए । उनले भने ,‘ अबका जनता सचेत भइसकेका छन् , मिठा मिठा भाषण दिने नेता होइन काम गरेका र गर्ने नेता जनताको रोजाइमा छन् , म काम गरेको र गर्ने मान्छे हु भन्ने जनताले बुझेका छन्।
प्रदेशसभा सदस्यका उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको आत्मीयता र सद्भावले उर्जा थपिदै गएको प्रतक्रिया दिए । उनले भने ,‘ आज सम्म म कुनै पदमा थिइन, तै पनि जनताको पिरमर्कामा सकेको जति साथ दिदै आए , त्यसैको मुल्यांकन जनताले अहिले गरेर अपार माया दिइरहेका छन् , चुनावमा पनि यसको रिजल्ट मैले पाउनेमा विश्वस्त छु ।

बुधबारको चुनावी घरदैलो कार्यक्रममा बहुदरमाइ नगरपालिकाका पूर्ब मेयर नितेन्द्र साह , नेता पन्नालाल साह लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद