Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थी समूहले मंगलबार नगरपालिका कार्यालयमा तोडफोड

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा —विद्यार्थी समूहले मंगलबार नगरपालिका कार्यालयमा तोडफोड गरेको छन् । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेको हुन् । भ्रमण खर्च नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालयलगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन् ।
कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, सोफालगायतमा तोडफोड गरिएको नगरपालिकाका अधिकारीले जनाए ।

ती अधिकारीका अनुसार लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ ।
भ्रमण खर्च माग्न विद्यार्थीहरु नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । तर, विद्यार्थी समूहले मेयर साहको कुरा अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यार्थीहरूले ढुंगामुढासमेत गरेका थिए ।
नगर कार्यालय तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थल पुगेर विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गरेको छ । लाठीचार्जले केही विद्यार्थी घाइते भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ आश्विन ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद